मल्टी एयरलाइन्स नेपाललाई हवाई टिकट वितरणको प्लाटफर्म

काठमाडौ।संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ।

यसले अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो,सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने लक्ष्य राखेको छ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यसको उद्घाटन गरिएको थियो। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको साझेदारीमा कार्य अगाडी बढाउन लागेको उसले
ट्राभल एजेन्सीहरूलाई संसारभरका धेरै बिलिङ एण्ड सेटलमेन्ट प्लान(बीएसपी)मार्केटसँग जोड्ने जनाइएको छ।

‘यो प्लाटफर्मले ट्राभल एजेन्टहरूलाई ग्लोबल एयरलाइन्स,स्थानीय भाडा र टिकटसँग सम्बन्धित समाधानमा पहुँच पुर्‍याउन र क्षमता विकासमा मद्दत गर्नेछ’,विज्ञप्तिमा भनिएको छ,‘जसले गर्दा टिकट कारोबारमा सहज लेनदेन सुनिश्चित गर्नेछ।’

कार्यक्रममा मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर,स्ट्रिम ट्राभल सर्भिसका प्रबन्ध निर्देशक वैभविक्रम राणा,कन्ट्री म्यानेजर ट्राभलपोर्ट रिजभी रसिदले सम्बोधन गरेका थिए।