
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्।
अध्यक्ष यादवले जसपाबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेसँगै यादव सर्वाेच्च पुगेका हुन् । यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर विश्वास मतसमेत फिर्ता लिएको थियो।
जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्।
