
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै गरेको नाराबाजीपछि स्थगित भएको हो ।
सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अबरोध गरेका थिए।उनीहरूले सहकारी ठगलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानविन समिति गठन गरजस्ता नारा लगाएका थिए।
अबरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए।कांग्रेसका सांसदहरूले नाराबाजी रोकेका थिएनन।
प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।
