
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति १२ः४५ मा भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ। गएराति फलफूल लाइनमा रहेका सटरमा आगलागीको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन्। यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए।
विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
