
काठमाडौँ । दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनिबस दुर्घटना भएको छ । वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको हो । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा १५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ ।
मृतकको हालसम्म पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको बताइएको छ ।
