बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

मकवानपुर।बागमती प्रदेश सरकारले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ।

यहि जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।

उनका अनुसार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने कार्यसूची रहेको छ।