प्रभु बैंक र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच छुट सम्झौता

काठमाडौं ।प्रभु बैंक र विराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच ग्राहक सेवामा छुट सम्झौता भएको छ ।

सम्झौंता अनुसार अबदेखि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यस सेन्टरमा उपचार गर्दा छुट पाउने छन् ।​सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले  हालै एक समारोहकाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।।​

उक्त सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी,शल्यक्रिया,पावर चस्मा,औषधी खर्च तथा अन्य सेवाहरु लिंदा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक उक्त सेन्टरमा पेश गर्नुपर्ने छ। उक्त सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था छ।

प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु,२८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको जनाएको छ।