एजेन्सी । आईपीएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले हाल पारेको छ । हिजो राति भएको अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलको उपाधि जितेको हो ।
फाइनल खेलमामा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको थियो । कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो ।
त्यसभन्दा अघि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।
तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गरेको थियो।
