सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ३७ हजार दुई सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैंयाले बढेको छ । आइतबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।