काठमाडौं । जेठ १५ मा प्रत्येक्ष नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन अनुरुप आज पनि आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गर्नेछन् ।
यसका लागि दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।
