एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने,सहुलियत उपचारका लागि पनि बजेट छुट्टाइयो

काठमाडौं। सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।

आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनले एक वडा एक आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको उल्लेख गरेका छ।

यस्तै सरकारले सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।आगामी आव२०८१÷०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर,मृगौला,अल्जइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो।

सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।