
भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्षमा निर्वचित भएका हुन् ।
कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरेएका छन्।अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले जम्मा ९३ मत ल्याएका छन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट,सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला)मा मीनबहादुर परियार तथा उपसचिव(महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन्।
विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत ल्याएका छन्। यस्तै ढुंगानाले ४६६ मत प्राप्त गरेका छन् ।तर उनका प्रतिष्पर्धी पदमपाणी सुवेदी २२१ मत आएको छ ।त्यसैगरी उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् ।
सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल),विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) लगायत विजयी भएका छन्।

अधिवेशनमा जिल्लाका ७ वटै पालिकाका प्रतिनिधिहरु,पार्टीको जनवर्गीय सङ्गठनका प्रतिनिधिहरु,सम्पर्क मञ्चलगायतबाट सात सय ३२ र मनोनित २९ गरी जम्मा ७ सय ६१ प्रतिनिधिहरुको सहभागीता रहेको एमाले चितवनले जनाएको छ ।




