जनआक्रोश व्यवस्थाविरुद्धको आक्रोस होइन,बेथिति बसाल्न प्रण गरौँ : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्।

साथै महामन्त्री थापाले दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘२०६२र०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण।आज १७ औँ गणतन्त्र  व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ।दोष व्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृत्तिको हो।बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्।आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौँ।’

उनले यही निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहँदै लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन एकजुट हुनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।