बाँके । अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या हुन थालेपछि नेपालगञ्ज उप–महानगरपालिकाले २० दिन सार्वजनिक बिदा दिने भएको छ ।
उप–महानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिन लागेको हो । शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेपछि हप्ता दिन अगाडि नै गर्मी बिदा दिन लागिएको उप–महानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्।
नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।
