
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन प्रतितोला एक हजारले घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी प्रतितोला २५ रुपैंयाले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
