
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव मंगलबार साँझ नेपाल निवास कोटेश्वर पुगेका थिए।
भेटवार्तामा समसामयिक राजनीतिक विषय र पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरता पूर्वक छलफल भएको बताइएको छ ।भेटवार्तामा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसमेत समावेस भएको जनाइएको छ ।
विप्लव समाजवादी मोर्चाको संयोजक पनि हुन् ।उनले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।
