काठमाडौं।नेकपा एसका अध्यक्ष माधव नेपाल,सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले समाजवादी क्रान्तिका विषयमा एकै मञ्चमा बोल्ने भएका छन्।
उनिहरुले आइतबार बिहान ११ बजे थापा गाउँको काठमाडौं बैंक्वेटमा हुने कार्यक्रममा बोल्ने भएका हुन् ।
समाजवादी अध्ययन केन्द्रले आयोजना गरेको सो कार्यक्रममा राजनीतिक प्रतिवेदन,सांगठनिक प्रतिवेदन र समाजवादी क्रान्तिको कार्यक्रमबारेमा समष्टिमा छलफल हुने केन्द्रले जनाएको छ ।
