
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको हो ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीका अनुसार उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले बन्द गर्नु परेको हो ।
विसं २०७९ जेठ २७ गते वर्षाका कारण भासिएको सडकमा मर्मत सम्हारको काम भइरहेको छ ।
