लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत हुँदै

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१–०८२ को बजेट आज प्रस्तुत गरिने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो।

राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ मा कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।