
सीता पौडेल (अर्चना)
काठमाडौं ।नेकपा एमाले स्याङ्जा – काठकाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरज न्यौपाने निर्वाचित भएका छन्।सो मञ्चको आज शनिबार भएको १३ औं सम्मेलनबाट न्यौपाने १३३ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षका अर्का उम्मेदवार डार्बिन पोखरेलले जम्मा ९७ मत ल्याएका छन् ।
यसैगरि उपाध्यक्षमा नारायण चापागाईं विजयी भएका छन् । चापागाईंले १४९ मत ल्याउँदा उनका प्रतिष्पर्धी उदयराज पाठकले जम्मा ७५ मत प्राप्त गरेका छन् । यस्तै सम्पर्क मञ्चको सचिवमा नारायणमुनी सिग्देल १२३ मतका साथ विजयी भएका छन्। भने उनका प्रतिष्पर्धी शिबु रानाले १०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप–सचिव खुल्लामा दामोदर पौडेल (बिचार) विजयी भए । पौडेलले ११९ मत प्राप्त गरे ।उनका प्रतिष्पर्धी सुनिल भट्टराईले भने ९५ मत प्राप्त गरे ।उपसचिव महिलामा नीता पौडेल पोखरेल विजयी भइन् ।पोखरेलले ११४ मत प्राप्त गरिन् ।भने,उनकी प्रतिष्पर्धी गीता न्यौपाने कंडेलले १०४ मत प्राप्त गरेकी थिइन् ।
यस्तै कोषाध्यक्षमा सूर्य प्रसाद शर्मा १२७ मत ल्याएर निर्वाचित भएका छन् ।भने,उनका प्रतिष्पर्धी अनिलले ९३ मत पाएका थिए ।
तर,उपाध्यक्ष महिलामा समिता बराल यस अघि नै निर्रविरोध निर्वाचित भएकी थिइन् ।बरालसहित केही सदस्यहरुयस अघि नै निर्विरोध निर्वाचित भएका थिए।उनिहरुले आजै सपथ ग्रहण गरेका छन् ।


