
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आज नेपाल बंगलादेशसँग भिड्दै छ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।
हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।
सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ । नेपाल र बंगलादेशबिचको खेल बिहान ०५ः१५ बजे सुरु हुनेछ । खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ ।
