काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको टी २० लिग खेल्ने भएका छन् ।
नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी(२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।
रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् ।
यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् ।
