प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक– २०८१ पास गरिदैं

काठमाडौं ।प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक– २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

विधेयक पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् आग्रह गरिएको छ ।त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि तय भएको छ

आजको बैठकमा राष्ट्रियसभाले गरेको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा टेबुल गरिने सम्भावित कार्यसूचीमा जनाइएको छ।