जमुना धमला
काठमाण्डौं । तारकेश्वर नगरपालिकाले तेश्रो लिङ्गीलाई मासिक ५ हजार भत्ता दिने भएको छ ।
नगरपालिका भित्र तेश्रो लिङ्गी भनेर कानून सम्मत पहिचान भएका स्थाई नगरवासीहरुलाई प्रोत्साहन स्वरुप मासिक रु ५ हजार प्रदान गरिने भएको छ । तारकेश्वर नगरपालिकाको १५ औं नगरसभामा आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख कृष्ण हरि महर्जनले उक्त घोषणा गर्नुभएको हो ।
समाजमा तेश्रो लिङ्गी समुदाय प्रति हेर्ने दुष्टीकोण नकारात्मक रहेका कारणले उक्त समुदाय पहिचान लुकाएर हिड्न बाध्य छन् ।
नेपालको संविधानको धारा ३८, धारा ४२ ले राज्यका निकायहरुमा समान सहभागीता र यौनिक तथा अल्पसंख्यक समुदायहरुलाई विभेद नहुने र विशेष कार्यक्रमहरु ल्याउन बाधा नहुने उल्लेख गरिएको छ ।
संविधानले परिकल्पना गरे अनुरुप नेपालमै पहिलो पटक तारकेश्वर नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ।
