प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।