घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।

अब घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। घरजग्गा किनबेचसँगै सरकारले बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ।

सरकारले आँउदो माघ महिनादेखि घर जग्गा किनबेच, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय र टेलिफोन तथा सिमकार्ड लिँदा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।