राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

यसका साथै प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन ९२०७९ साउन(२०८० आसार  पेस गर्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।