सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो । आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।