काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ । बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो ।

सवार यात्रु र चालकलाई तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।