शेषनारायणमा दर्शनार्थीको घुइँचो

काठमाडौं । काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ ।

यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ ।