काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ।
मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् ।
‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...
