चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको मृत्यु

काठमाडौं । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका फालेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका(२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।उनले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।

साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।