
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् ।
उनले भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने बताए ।
