
काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा उछाल आएको छ । नेप्से एकै दिन ६०।२६ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।
आइतबार नेप्से २।४८ प्रतिशतले बढेर २४८४।६८ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटेल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।आज वाणिज्य बैंक समूहको शेयर ३।८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६।८० प्रतिशतले बढेको छ । होटेल एण्ड टुरिजमको शेयर ४।२१ प्रतिशतले बढेको छ ।
त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २।६८ प्रतिशतले, उत्पादन समूहको २।९७ प्रतिशत र अन्य समूहको ३।३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
आज नेप्से ६० अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको छ ।
