
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताए ।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । ।
सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।
सभापति देउवाले भन्नुभयो, ‘‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबिच संवाद, सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा सहमति भएको अवगत नै छ। सोही अनुसार नेकपा ९एमाले० का नेता केपी शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा उनले विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रस्तुत हुनुभएको छ।’’
