नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक २०८१ संसदमा दर्ता

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।

मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद् अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान ९लयर्स एकेडेमी०को स्थापना गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

साथै कानुन विषयको स्नातक वा सो सहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।