नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

२१ साउन, काडमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी(२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् ।

यस्तै टी(२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको बताए ।

प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी(२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी(२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी(१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।

तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।टी(२० विश्वकपपछि अमेरिकामा बस्दै आएका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि नेपाल आएका छैनन् । उनी पनि सिधै भारत आउने तयारीमा छन् । ।नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आइसिसी विश्वकप लिग(२ र त्रिकोणात्मक टी(२० आई सिरिज खेल्नेछ ।