बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

३१ साउन, झापा।१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई सो आरोपमा बुधबार पक्राउ गरेको हो ।

रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।