सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन(चाँदीको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।