आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो : गृह मन्त्री लेखक

जनकपुरधाम । गृह मन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिएका छन् ।

आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग आज बिहान भएको सङ्क्षिप्त कुराकानीमा उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए ।