
काठमाडौं । गृह मन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेका छन् ।
उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे बुझ्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी हुन् ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।
