एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १८९, १५६, १३९, १५१ मत पाए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १५८, १०७, १०६, १०५ मत ल्याए।

त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।