प्रमाण र तथ्यका आधारमा देशको नीति बन्नुपर्छ : सभामुख घिमिरे

१०, असोज काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गरे छ। बिहीबार नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रहगरेको हो।

उनले सङ्घीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताए।उनले सङ्घीयताबारे भएका बहस पनि भावनामा नभई तथ्यका आधारमा हुनुपर्ने बताउए। उनले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताए।

उनले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभई सिङ्गो राष्ट्रका लागि हुनुपर्ने बताए। उनले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गरे