नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा अख्तियारको छापा

१६ असोज,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ।

अख्तियारले आज क्यानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको नयाँ भवनमा छापा हानेको हो।उक्त भवन निर्माणमा अरबौंको भ्रष्टाचार भएको उजुरीपछि अनुसन्धान थालेको थियो।

अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण समेत हाता लिएको स्रोतले बताएको छ।