
२३ असोज,काठमाडौं ।आज बडादशैंको छैटौं दिन कात्यायनी भवानीको पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी),श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गर्ने चलन छ।
नवरात्रको पहिलो दिन गत १७ गते बिहीबार दशैं घर वा घरघरका पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो।त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।
दोस्रो दिन ब्रह्मचारिणीदेवी,तेस्रो दिन चन्द्रघण्टा,चौंथो दिन र पाँचौं दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।
दुवै दिन सूर्योदय कालमा चौथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो।भने हिजो स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।एवं रितले आज छैटौं दिन कात्यायनी भवानीको पूजा आराधना गर्न लागिएको हो।
