पेट्रोल र डिजेलको बढ्यो मूल्य

३० असोज,काठमाडौं।नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तय गरेको हो।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढेको छ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै छ।