
३० असोज,काठमाडौं आज कोजाग्रत पूर्णिमा,बडादशैंको अन्तिम दिन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज आश्विन शुक्लपक्षको केही पला चतुर्दशी र पूर्णिमा पनि परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन पनि हो।
सूर्योदय कालमा चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र दशैंको नवदुर्गाको प्रसादस्वरुप टीका जमरा लगाउने अन्तिम दिन भएको समितिले जनाएको छ । बिहान जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म चतुर्दशी रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ बजेर २३ मिनेटसम्म पूर्णिमा रहन्छ।
समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।
यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।
कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ।
