रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी,पक्राउ गरेर कास्की लैजाने तयारी

२ कार्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आज शुक्रबार कास्की प्रहरी प्रमुख रविलाई पक्राउ पूर्जि दिन जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित भएका थिए ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी भएको जनाइएको छ ।