यी तीनवटा सरकारी अस्पतालमा अब बालबालिकाको क्यान्सर उपचार निःशुल्क

१२ कात्तिक, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्री पौडेलले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा सो सेवा निःशुल्क गर्ने निर्णय मन्त्रीस्तरीय निर्णया गरेका हुन् ।सो व्यवस्था मंसिर १ गतेबाट लागु गरिने व्यवस्था मिलाइएको उनले बताएका छन् ।

विरामी बालबालिकाको पारिवारिक आर्थिक अभावका कारण अकालमा मृत्यु नहोस् र समयमै उपचार गरेर ज्यान बचाउन सकियोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताएका छन् ।उनले भनेका छन् —

समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।