१२ कार्तिक,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्।
आइतबार गैरआवासीय नेपाली दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण तिब्र विकासले सबै काम काज सम्भव भएको बतए।“नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन्।अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन।सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ” उनले भने।
गैरआवासीय नेपाली सङ्घले आफ्नो गरिमा र छवीलाई उच्च राख्दै एकताबद्ध भएर साझा हितका लागि काम गर्नु जरुरी रहेको आवश्यकता औंल्याउँदै उनले सरकारका तर्फबाट काम गर्ने विषयम कुनै हस्तक्षेप र रोकावट हुँदैन,बरु राम्रा काममा सहयोग गर्ने बताए ।
उनले भने, “सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भई स्वतन्त्र रुपमा काम गर्नुहोस, सहयोग गर्न सरकार तयार छ।” “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो,राष्ट्रपति दल विशेषको हुँदैन,राष्ट्रको प्रमुख हुन्छ।त्यसैगरी सभामुख, प्रधानन्यायाधीशजस्ता पद साझा हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।”प्रधानमन्त्री ओलीले भने ।
